निशुल्क स्वास्थ्य शिविर सिद्ध कुमाखको ढोरचौरमा सम्पन्न

सल्यान ११, मंसिर । एक दिने निशुल्क स्वास्थ्य शिविर सल्यानको सिद्ध कुमाख गाउँपालिकाको ढोरचौरमा सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र सिद्ध कुमाख गाउँपालिकाको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । कोरोना भाइरसको संक्रमण फैलिदैँ गएको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणको लागि सचेतना फैलाउने उद्धेश्य सहित एकदिने कोभिड १९ स्क्रीनिङ्ग तथा निःशुल्क स्वास्थ्य सेवा शिविर सम्पन्न भएको हो ।
शिविरमा महिला र पुरुष गरेर २ सय ४२ जनाले सेवा लिएको कार्यक्रम संयोजक तारा प्रसाद रिजालले जानकारी दिनुभयो । यस्तै कोरोना भाइरसको पिसिआर परिक्षणका लागि २५ जनाको स्वाव संकलन गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क रूपमा औषधि समेत वितरण गरिएको थियो । कोरोनाको कारण सहज रूपमा स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नपाएका नागरिकहरु विशेषज्ञ शिविर संचालन भएपछि खुसी भएका छन् ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले छिटो, छरितो र स्तरीय स्वास्थ्य उपचार नपाएर नागरिकहरु छट्पटाउने समयको समाप्ती भएको बताउनुभएको छ । स्थानिय तह सहित तीन वटै सरकार नागरिकलाई स्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउनको लागी काम गरिरहेको उहाँको भनाई छ । यसका लागी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरा, स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ कुमार श्रेष्ठ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र यादव लगाएको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विरेन्द्र हमालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस