बन्गाडमा राप्रपाको पार्टी समायोजन कार्यक्रम सम्पन्न


दुर्गा बिसी,
सल्लीवजार ११, मंसिर
सल्यानको बनगाड कुपिण्डेमा राप्रपा र राप्रपा (संयुक्त) को पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ को ढोरपिपलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम बोल्दै पुर्वसहायक महामन्त्री तथा केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजेन्द्र वीर रायले अब नेकपा र नेपाली कांग्रेसको देशमै अस्तित्व समाप्ति हुदै गएको धारण राख्नु भएको छ । तीन तहका सरकारले नेपाली जनतालाई चुस्ने काम गरेको हत्या, हिंसा, वलात्कार र भष्टचार वाहेक अरु विकास केही नभएको उहाँले आरोप लगाउनु भएको छ । उहाँले अहिले देशमा पुनः राजाको माग ह्वात्तै वढ्न थालेको दावी गर्नुभयो ।
कार्यक्रम केन्द्रीय सदस्य अनुवम सिंह श्रेष्ठ, नेता नेत्रलाल श्रेष्ठ, प्रदेश सदस्य वालाराम शर्मा, रत्नलाल वली, धनवहादुर वली, शिला वुढाथोकी, राप्रपा जिल्ला अध्यक्ष संयुक्तका चन्द्र वली लगाएतकाले बोल्नुभएको थियो । शिव वलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रदेश सदस्य वालाराम शर्माले सञ्चालन गर्नु भएको थियोे । अबशरमा नेकपा र नेपाली कांग्रेस पार्टी प्रत्याग गरि एक दर्जन बढीले राप्रपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित