सल्यान १३, मंसिर ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा सिद्ध कुमाख गाँउपालीका चाख्लीघाट नजिकैको उकालोमा गुडिरहेको ट्रक अनि सल्यानी आधुनिक घर ।
तस्वीरमा राप्ती राजमार्ग ।
तस्वीरमा सिद्ध कुमाख गाँउपालीकाको केन्द्र ढोरचौर बजार नजिकैका खेतहरुमा गरिएको गहुँ खेतीको यो मनोरम दृश्य ।
बागचौर नगरपालिका वडा.५ सल्यानमा पर्ने सुन्दर ठाउँ कोट ।
तस्वीरमा खरले छाएको सल्यानी मौलिक घर ।
तस्वीरमा बनगाड कुपिन्डे नगरपालिकामा पर्ने सल्यान जिल्लाको प्रमुख पर्यटकिय स्थल कुपिन्डे दह ।
कोरोना भाइरसका कारण लामो समय देखि बन्द भएका सल्यानका बिद्यालयहरु खुल्ने क्रममा छन् र तस्वीरमा बिद्यालय बाट फर्कीदै गरेका केही बिद्यार्थीहरु ।