थप ९ जनामा कोरोना पुष्टि भएसँगै सल्यानमा संक्रमितको संख्या ६ सय ६२ पुग्यो

सल्यान १४, मंसिर ।
सल्यानका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो पटक ४९ जनाको स्वाब संकलन परीक्षण गर्दा ९ जनाको रिर्पोट पोजेटिभ आएको शारदा नगरपालिकाका कोरोना फोकल प्रसन रविन बिष्ट जानकारी दिनुभयो ।
केही स्वास्थ्यकर्मी, कर्मचारी र सदरमुकाम खलंगाका स्थानीयमा कोरोना देखिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये हाल सम्म ५ सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ११ रहेको छ ।

प्रतिक्रिया दिनुहोस