सरकार जे बोल्छ, त्यो पुरा गर्छ : स्वास्थ्य राज्यमन्त्री रावत


दुर्गा विसी,
सल्यान १५, मंसिर ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भव्य कार्यक्रमका विचमा उक्त अस्पतालको शिलान्यास गर्नु भएको हो । २०७६ साल फाल्गुनमा नगरपालिकाको प्राङ्गणमा पुगेर सल्यान पश्चिममा १५ शैयाको अस्पताल स्थापना गर्ने वचन दिएका उहाँले त्यो पुरा गरेको बताउनुभएको छ ।
राज्यमन्त्री रावतले सल्यानको पश्चिमी जनताको एउटा खुसि थपिएको बताउनुभएको छ । दुरदराजका लागि विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित नागरिकका लागि यो कदम अत्यन्तै सान्दर्भिक रहेको औल्याएको छ । एक तह, एक अस्पताल अभियान अनुसार नेपाल सरकारको निर्णय अनुरुप यो कामले सार्थकता पाएको छ । यो सरकार जे वोल्छ त्यो गर्छ, एक वर्ष अघि जे वोलेको थिए, आज त्यो पूरा गरेको छु उहाँले भन्नुभएको छ ।
नगर प्रमुख गोविन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रम नगर उपप्रमुख मञ्जु यरी, नेकपा जिल्ला सचिव कर्णवहादुर वुढाथोकी लगाएतकाले बोल्नुभएको थियो । २ वर्ष पछि यहाँका नागरिकले अस्पतालबाट बिशेषज्ञ सेवा लिने आसा ब्यक्त गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काको स्वागत मन्तव्यबाट शुरु भएको शिलान्यास कार्यक्रमको सञ्चालन नगरका सहायक लेखापाल घनश्याम विसीले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस