‘सल्यानका आठ मध्ये छ अस्पताल भवनको शिलन्यास’ कहाँ-कहाँ गरियो शिलान्यास ?

सल्यान १६, मंसिर ।
सल्यानका छ स्थानिय तहमा आधारभूत अस्पताल निर्माणको लागी शिल्यान्यास गरिएको छ । सुलभ रुपमा स्वास्थ्यको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा प्राथामिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्धेश्य सहित जिल्लाका आठ मध्ये ६ स्थानिय तहमा आधारभूत अस्पताल निर्माणको लागी शिल्यान्यास गरिएको हो । बाँकी २ स्थानिय तहको केही दिनपछि शिलान्यास गर्ने तयारी भएको छ । जिल्लामा १५ शैयाका ६ वटा र १० शैयाका २ वटा आधारभूत अस्पताल निर्माण गरिने छ ।
जस अन्र्तगत छत्रेश्वरी गाउँपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा, कपुरकोट गाउँपालिकाको धनवाङ स्वास्थ्य चौकी, कालीमाटी गाउँपालिकाको कालीमाटी रामपुर स्वास्थ्य चौकी, बन्गाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकी, कुमाख गाउँपालिकाको कालागाउँ आधारभूत स्वास्थ्य केन्द्र र दार्मा गाउँपालिकाको भल्चौर स्वास्थ्य केन्द्रमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गरिदैँ छ ।
यस्तै बागचौर नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र थारमारे र सिद्ध कुमाख गाउँपालिकाको सिद्धेश्वरी स्वास्थ्य चौकीमा १० शैयाको अस्पताल निर्माण गर्न थालिएको हो । १५ शैयाको आधारभूत अस्पताल निर्माणको लागी १८ करोड रुपैँया, १० शैयाको अस्पताल निर्माणको लागी १० करोड रुपैँया विनियोजन गरिएको छ । आगामी २ बर्षमा आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।

स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न अस्पताल निर्माण : ज्वाला
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागी सरकारले आधारभूत अस्पताल निर्माणको थालनी गरेको बताउनुभएको छ । सोमवार सल्यानको छत्रेश्वरी गाउँपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरामा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पताल भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष केसी, उपाध्यक्ष सिता केसी, छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष प्रेम बहादुर खड्का, नेकपाका छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज हरी केसी लगाएतकाले बोल्नुभएको थियो ।

ज्वालाद्धारा सिद्ध कुमाखमा १० शैयाको अस्पताल शिलान्यास
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा निर्माण हुन लागेको आधारभूत अस्पतालको शिलान्या गर्नुभएको छ । सिद्ध कुमाख गाउँपालिकामा निर्माण हुन लागेको १० शैयाको आधारभूत अस्पतालको शिलान्यास मन्त्री ज्वालाले गर्नुभएको हो । कार्यक्रममा मूख्यमन्त्रीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्मा, गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा लगाएतको सहभागिता रहेको थियो ।

सांसद बस्नेतद्धारा दार्मामा १५ शैयाको अस्पतालको शिलान्यास
सल्यानबाट निर्वाचित संघिय सांसद टेक बहादुर बस्नेतले अहिलेको परिवर्तन शहिदको योगदानका कारण मात्रै सम्भव भएको बताउनुभएको छ । अहिले मान्छेका आधारभुत आवश्यकता बढेकोले जनताको निम्ति बनेको सरकारले सञ्चार, स्वास्थ्य, शिक्षा, विद्युतको क्षेत्रमा धेरै विकास गरेको बताउनुभएको हो ।
दार्मा गाउँपालिकाको भलचौर स्वास्थ्यचौकीमा १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा दार्मा गाउपालिका अध्यक्ष नीम बहादुर केसी, उपाध्यक्ष टीका शर्मा वली लगाएतकाले बोल्नुभएको थियो भने कार्यक्रमको संचालन वडा नंम्बर ४ का अध्यक्ष चन्द्र बहादुर रावतले गर्नुभएको थियो ।

कुमाख गाउँपालिकामा पनि शिलान्यास
जिल्लाको कुमाख गाउँपालिकामा निर्माण हुने लागेको १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । संघिय सांसद टेक बहादुर बस्नेत र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आधारभूत अस्पतालको शिलान्या गर्नुभएको हो । कार्यक्रममा संबिधान सभा सदस्य उमाकान्त शर्मा, मूख्यमन्त्रीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्मा, गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगर, उपाध्यक्ष डिल्लीराज जैसी लगाएतको सहभागिता रहेको थियो ।

सेनद्धारा १५ शैयाको अस्पताल भवन शिलान्यास
जिल्लाको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले धनवाङ स्वास्थ्य चौकीमा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको शिलान्यास गर्नुभएको छ । झण्डै १८ करोडको लगानीमा निर्माण हुन लागेको भवनको उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा नेकपाका कपुरकोट गाउँ कमिटीका अध्यक्ष घनश्याम शर्मा, नेपाली काँग्रेसका भुप बहादुर एरी, निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण दाहाल वडाअध्यक्ष लगाएतकाको सहभागिता रहेको थियो ।
स्वास्थ्यराज्य मन्त्री रावतद्धारा भवन शिलान्यास
नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा निर्माण हुने १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्नुभएको छ । देवस्थल स्वास्थ्यचौकीमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल भवनको उहाँले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्याक्रममा नगरप्रमुख गोबिन्द कुमार पुन, उपप्रमुख मन्जु एरी, नेकपाका जिल्ला सचिव कर्ण बहादुर बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

बागचौर र कालीमाटीमा शिलान्यास भएन्
जिल्लाको बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा आधारभूत अस्पतालको शिलान्यास रोकिएको छ । १५ शैयाको अस्पताल हुनुपर्नेमा १० शैयाको मात्रै भएकाले यस पटक अस्पतालको शिलान्यास नगरिएको बागचौर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरि बहादुर कठायतले जानकारी दिनुभयो । उहाँले १५ शैयाको अस्पताल निर्माणको लागी केन्द्र सरकारसँग स्वीकृतिको तयारी भैरहेको जानकारी दिनुभयो ।
कालीमाटी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापाले जग्गा अभावका कारण १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गर्न नसकिएको जानकारी दिनुभयो । आबश्यक जग्गाको ब्यवस्था भएपछि अस्पताल भवनको शिलान्यास गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस