कोरोनाका कारण ८ महिना देखी बन्द बन्गाड कुपिण्डेका सबै बिद्यालय खुल्ने


दुर्गा बिसी,
सल्यान १७, मंसिर ।
कोरोना भाइरसका कारण ८ महिना देखि बन्द रहेका सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका विद्यालयहरु सुचारु हुने भएका छन् । बिद्यालय बन्द हुदा पठनपाठन देखि विद्यालयको अन्य कामकाज पुर्नरुपमा ठप्प रहेको थियोे । कोरोना नियन्त्रण स्वरुप धेरै विद्यालयहरु क्वारेन्टाइन वनाएको थियोे । उक्त विद्यालयमा भारत अन्य मुलुकबाट आएका नागरिक राख्ने गरिएको थियोे ।
अब भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बिद्यालय सञ्चालन गरिने भएको हो । नगरको कार्यपालिका बैठकले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ अनुरुप स्वास्थ्य मापदण्डपालना गरि विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख चक्र रावतले जानकारी दिनु भएको छ । जसमा विद्यालय प्रशासनले स्वास्थ्य मापदण्डको निकै सावधानी अपनाउनु पर्ने छ ।
मापदण्ड वेगर पठनपाठन नगर्न समेत भनिएको छ । उक्त कार्यविधि अध्ययन गर्न सम्बन्धि प्रधानाध्यापकलाई शिक्षा शाखाले ताकेता समेत गरेको छ । नगरको निर्णय कुरेर वसेका धेरै विद्यालयहरु भने अब सञ्चालनको लागि वाटो खुलेको छ । केही विद्यालयहरु निर्णय अगावै सञ्चालनमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस