दुर्गा विसी,
सल्यान १८, मंसिर ।
सल्यानको पश्चिमी क्षेत्रमा रहेको बन्गाड कुपिण्डे नगरपालिकामा बिद्युक्तिकरणको कामलाई तिव्रता दिइएको छ । सोही क्रममा वडा नम्बर ६ र ७ को मैदुपोखरीमा बिजुली वत्तीको उद्घाटन गरिएको छ । गाउँमा वत्ति पुगे पछि स्थानीय भने खुसि वनेका छन् । अहिले यहाँका ढेड सय घरपरिवारमा बिजुली बत्ती पुगेको छ ।
बिजुली बत्तीको आज नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नुभएको छ । आफ्ना चुनावी घोषणा पत्रमा उल्लेख भएका प्रतिवद्धता पूरा हुदै गएको उहाँको भनाई छ । जनताको विकासका लागि आफुलाइ जनताले अभिभारा सुम्पेकोले बिकास निर्माणका कामलाई प्राथामिकता दिएर अगाडी बढ्ने उहाँको भनाई छ ।
वडाका सबै केन्द्रमा यहि आर्थिक वर्षमा वत्ति वल्ने उहाँको दावी छ । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सबै काम हुने छ । वत्ति पछि अब यो स्थानमा खानेपानीको टड्कारो समस्या छ । अब त्यस तर्फ आफ्नो ध्यानाकर्षण भएको नगरप्रमुख पुनको भनाइ छ ।
वत्ति उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य आशा वली, नेकपा जिल्ला कमिटी सदस्य धनवहादुर पुन, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्ती, शिव शक्ति प्रिजमा निर्माण सेवाका प्रमोद खड्का लगाएतले मन्तव्य राख्नु भएको थियो ।
वडा अध्यक्ष भोपाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा वडा नं ७ का अध्यक्ष प्रकाश वलीले गर्नु भएको थियो । ११ केभि लाइनको काम पूरा भएकोले अब भने वस्तिहरुमा वत्ति जडान गरिने छ । साथै बिजुली बत्तीको सही तरिकाले सदुपयोग गर्न स्थानियलाई आग्रह गरिएको छ ।