प्रस्ताव तथा प्रतिवेदन लेखन सम्बन्धि २ दिने तालिम सिद्ध कुमाखमा सम्पन्न


सल्यान १९, मंसिर ।
प्रस्ताव तथा प्रतिवेदन लेखन सम्बन्धि २ दिने तालिम सल्यानमा सम्पन्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिकामा बिहीवार र शुक्रवार समुदायमा आधारित सामुदायिक संस्था र सामुदायिक समुहका सदस्यहरुका लागी प्रस्ताव तथा प्रतिवेदन लेखन सम्बन्धि तालिम सञ्चालन गरिएको हो । स्थानिय नागरिकहरुलाई प्रताव र प्रतिवेदन लेखन कार्यमा सक्षम बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको डिडिएस सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिनुभयो ।
दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले स्थानियलाई लेखन कार्यमा सरिक बनाउने उद्धेश्यले सञ्चालन गरिएको यो कार्यक्रम महत्वपूर्ण भएको बताउनुभएको छ । उहाँले सिपमुलक, आयआर्जनमुलक खालका कार्यक्रम सञ्चालन गर्न आबश्यक रहेको बताउदैँ यसले स्थानियलाई जागरुक वनाउन मद्धत मिल्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै दलित विकास समाज सल्यानका सल्लाहकार रमेश कुमार गौतमले स्थानिय तहमा आह्वान गरिएका प्रस्ताव तथा प्रतिवेदन लेखन कार्यमा यस तालिमले मद्धत गर्ने बताउनुभयो । दलित विकास समाज सल्यानले आयोजना गरेको यस तालिमको प्रशिक्षकमा पबन देबकोटा रहनुभएको थियो ।
तालिममा सामुदायिक संस्था, युवा सञ्जाल, समूह लगाएत गरेर ३२ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सहजीकरण सामुदायिक सहजकर्ता टिका राम बिकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस