सल्यान २०, मंसिर । न्याय क्षेत्र सँग सम्बन्धित न्यायिक समिती, सामाजिक कानुनी सहायता सेवा प्रदायकहरुसँग मौलिक हक र बर्तमान कानुनका बारेमा कार्यशाला गोष्ठि सल्यानको खलंगामा संचालन गरिएको छ । संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजना अन्र्तगत हरप्लेस नेपाल सल्यानको आयोजनामा सो गोष्ठी संचालन गरिएको हो ।
गोष्ठीमा बर्तमान कानुनका बारेमा अधिबक्ता सिपि ओली र नेपालको संविधानमा मौलिक हक र फौजदारी कानुनका बारेमा न्यायधिबक्ता भिमसेन काफ्लेले प्रशिक्षण दिनुभएको थियो । हरप्लेस सल्यानका अध्यक्ष सुनिता बिएमको अध्यक्षतामा सञ्चालन भएको गोष्ठीमा शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरा लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण मानवअधिकारकर्मी रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।