सल्यान २०, मंसिर ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा धौलागिरी हिमाल जुन सल्यान र रोल्पाको सिमाना पातिहाल्न बाट कैद गरिएको हो ।
तस्वीरमा बागचौर नगरपालिका सल्यानमा पर्ने सुन्दर ठाउँ शिर्पा ।
तस्वीरमा बागचौर नगरपालिका सल्यानको केन्द्रबिन्दु बागचौर बजारलाई साझको बेला क्यामेराको क्यानभासमा कैद गर्दा यस्तो देखियो ।
तस्वीरमा बनगाड कुपिन्डे नगरपालिका सल्यानमा पर्ने सेरा आसपासको यो मनोरम दृश्य ।
तस्वीरमा सल्यानको पश्चिमी क्षेत्र बनगाड कुपिन्डे नगरपालिकाको बालुवासंग्रही नजिकै बाट बगेको भेरी नदी ।
तस्वीरमा बागचौर नगरपालिका र कुमाख गाउँपालिका सल्यानको संगम स्थल, तल देखिने चोरपानी र माथि देखिने कुमाख लेक ।
तस्वीरमा बागचौर नगरपालिका सल्यानमा पर्ने निर्माणाधीन भिउँ टावर ।