सल्यान २१, मंसिर ।
न्यायमा पहुँच अभिवृद्धिका लागि जनचेतना बढाउनु पर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तरगत हरप्लेस नेपाल सल्यानले शनिबार जिल्लाको सदरमुकाम खलंगामा आयोजना गरेको न्यायीक समिति र न्याय क्षेत्रका सरोकारवाला बिचको समन्वय बैठकका सहभागीहरुले यस्तो बताएका हुन् ।
बालबिवाह, बहुबिवाह, बलात्कार, हिंसा लगाएतका घटनाका पिडितहरुले पनि कानुनी ज्ञानको अभावमा न्याय पाउन नसकेको बताएका हुन् । उनीहरुले ग्रामीण क्षेत्रका नागरिकहरुमा न्यायिक क्षेत्रका बारेमा जानकारी नपाउदा समयमा नै न्याय पाउन नसकेको बताउदैँ यस बारेमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् । जिल्लाको सदरमुकाम र स्थानिय तहका केन्द्रहरुमा मात्रै सचेतिकरणका कार्यक्रम सञ्चालन हुदाँ बास्तविक पिडित न्यायको पहुँच बाहिर रहेको बताएका हुन् ।
बैठकमा बोल्दै सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले न्यायिक समितीमा चुनौतीहरुको चाङ लागेको बताउनुभएको छ । सिमित स्रोत र साधनले गर्दा कार्य सम्पादनमा समस्या भएको बताउदैँ उहाँले बिभिन्न सरोकारवाला निकायहरु सँगको छलफल, सुझावका आधारमा कार्यसम्पादन गर्दै आएको बताउनुभएको हो ।
हरप्लेस नेपाल सल्यानका अध्यक्ष सुनिता बिएमको अध्यक्षतामा भएको बैठकको सहजीकरण मानबअधिकारकर्मी रामचन्द्र रेग्मीले गर्नुभएको थियो । बैठकमा न्यायीक समिति र न्याय क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।