सल्यानको कुमाखका एक व्यक्ति मृत अबस्थामा भेटिए

सल्यान २१, मंसिर ।
सल्यानमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ५५ बर्षिय सहबिर सार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । शनिबार दिउसो घरबाट बजार निस्किएका उनी आज बिहान मौलाहाल्ने बजारको पश्चिम, सडक देखि करिब ५० मिटर अगाडी मृत अवस्थामा फेला परेकोे प्रहरीले जनाएको छ ।

उनलाई आईतबार बिहान ९ बजेतिर स्थानियले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे थप अनुसन्धान भैरहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस