सल्यान २३, मंसिर । मुक्तिनाथ विकास बैंकले सल्यानका एक मृतक सदस्यको ऋण मिनाहा सहित राहत हस्तान्तरण गरेको छ । बैंकको साना तथा लघु बैंकिङ्ग डेस्क कार्यालय थारमारेले सदस्य तुलसी बुढाथोकीको बिरामी भएर मृत्यू भएपछि बैकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको साँवा व्याज तथा काज क्रिया बापतको रकम हस्तान्तरण गरेको हो ।
बैंकले तिरीसकेको सावाँ र व्याज बापतको १३ हजार ३ सय ६५ रुपैयाँ ९३ पैसा र काजक्रीया बापतको रकम रु. ५ हजार हस्तान्तरण गरेको छ । त्यस्तै तिर्न बाँकी रहेको कर्जा रु. ३८ हजार ६ सय ३६रुपैयाँ ७ पैसा पनि मिनाह गरेको छ । उक्त रकम बागचौर नगरपालिका १ ढ्याप स्थित मृतकका श्रीमान नर बहादुर बुढाथोकीलाई बागचौर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नेत्र बहादुर डाँगीले घरमा नै पुगेर हस्तान्तरण गर्नुभएको हो । सो अबशरमा वडाअध्यक्ष डाँगीले जनताको दुःख पिडामा पनि बैंकले साथ दिई पिडित परिवारलाई राहत प्रदान गरेकोमा खुसि व्यक्त गर्नुभएको छ । मुक्तिनाथ विकास बैंक लि. साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख गेहेन्द्र भट्टराईले बैंक जनताको सुख दुखमा सधै साथ दिने जानकारी दिनुभयो ।यस अघि पनि थारमारे शाखाले करीव ८ लाख ५० हजार बराबर ४ जनाको ऋण मिनाह तथा राहत विरतरण गरेको थियो ।