सल्यान २४, मंसिर ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले ५ शैयाको कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालनका लागी कर्मचारी भर्ना गर्न असोज १२ गते दरखास्त आह्वान्न गर्यो । एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीको लागी भर्ना गर्न दरखास्त खोल्यो । स्टाफ नर्स र कार्यालय सहयोगीका लागी आवेदन परे तर डाक्टरको कोटामा आवेदन परेन । कोभिड¬१९ अस्थायी अस्पतालमा काम गर्न डाक्टरले आवेदन नदिएपछि गाउँपालिकाले स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना गरेर कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।
सरकारी मापदण्ड अनुसार तलव भत्ता कम हुदाँ कोभिड¬१९ अस्थायी अस्पतालमा काम गर्नका लागी डाक्टरको आवेदन नपरेको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो । उहाँले बिभिन्न ठाउँहरुमा समन्वय गर्दा पनि आवेदन दिन कोही नआएको बताउनुभयो । बेड, आबश्यक सरसामानको ब्यवस्थापन गरिएपनि डाक्टर नहुदाँ कोभिड सम्बन्धी परामर्श सेवा मात्रै प्रवाह गरिरहेको उहाँको भनाई छ ।
कपुरकोट गाउँपालिकाले पनि असोज २१ गते कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गर्नका लागी कर्मचारीको दरखास्त आह्वान ग¥यो । स्टाफ नर्स र कार्यालय सहयोगी पदमा आवेदन प¥यो तर डाक्टरको कोटामा आबेदन परेन् । अहिले डाक्टर बिना नै कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरेको निमित्त प्रमुख प्रशासयिक अधिकृत अरुण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार स्टार्फ नर्स र कार्यालय सहयोगी कै भरमा अस्पताल सञ्चालन भैरहेको छ ।
निजि मेडिकलहरुमा आक्र्रषक सेवासुविधा पाउने भएकाले डाक्टर नआएको हुनसक्ने उहाँको भनाई छ । ‘कोभिड¬१९ अस्थायी अस्पतालमा तीन महिनाको लागी मात्रै हो, फेरी सेवा सुविधा उहाँहरुले सोचेअनुसारको हुदैन्, त्यही भएर पनि यहाँ आउन मन नगरेको हुन सक्छ’ उहाँले भन्नुभयो । गाउँपालिकामा प्रदेश सरकार अन्र्तगतका पारामेडिक्स दुई जना कार्यरत रहेकाले सामान्य उपचार गर्ने र जटिल अबस्थाको बिरामी भएमा बाहिर रिफर गर्ने गरी सञ्चालन गरिएको उहाँको भनाई छ ।
त्रिबेणी गाउँपालिकाले डाक्टर बिना नै कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरेको छ । असोज २६ गते डाक्टरको लागी दरखास्त आह्वान गर्दा कोही नआएपछि दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरेर अस्पताल सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पताल सञ्चालन गरिएपनि डाक्टर नहुदाँ सेवा प्रवाह गर्न समस्या भैरहेको उहाँको भनाई छ ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यज्ञ कुमार बस्नेतले स्टाफ नर्स भर्ना गरेर कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरेको बताउनुभयो । उहाँले अबको केही दिनमा डाक्टर भर्ना गर्ने तयारी भएको तर को आउने भन्ने बारेमा निश्चित भैनसकेको जानकारी दिनुभयो । डाक्टर बिना सेवा प्रवाह गर्न समस्या भएको उहाँको भनाई छ ।
डाक्टर नहुदाँ सेवा प्रवाहमा समस्या
दश स्थानिय तह रहेको जिल्लाका पाँच स्थानिय तहले अहिलेसम्म कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरेका छन् । तर दरबन्दी अनुसारको डाक्टर नहुदाँ सेवा प्रवाहमा समस्या भैरहेको स्थानिय तहको भनाई छ । कोभिड अस्पतालले कोरोना भाइरस रोकथामको लागी सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना सहित आबश्यक परामर्श सेवा मात्रै प्रवाह गरेको जनाएका छन् । कोभिड अस्पतालमा कोरोना संक्रमित नभएकाले अहिले खासै समस्या नभएको स्थानिय तहहरुको भनाई छ । जटिल खालका बिरामी आएमा बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लाको कुमाख गाउँपालिकाले भने एक डाक्टर, २ जना स्टाफ नर्स, एक जना कार्यालय सहयोगी भर्ना गरेर सेवा प्रवाह गर्न शुरु गरेको छ । कोभिड¬१९ सेवा र ल्याव सेवा तथा ७० प्रकारका औषधि सहितको सेवा प्रवाह गर्दै आएको उपाध्यक्ष डिल्लीराज जैसीले जानकारी दिनुभयो । शारदा नगरपालिका बाहेक अरु सबै स्थानिय तहले ५ शैयाको कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गर्नुपर्नेछ ।
अरु स्थानिय तहमा पनि डाक्टर आउने निश्चित छैन्
जिल्लाका अरु स्थानिय तहले पनि कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन् । तर दरबन्दी अनुसार डाक्टर आउने बारेमा भने निश्चित छैन् । बागचौर नगरपालिकाले डाक्टर आउने सम्भावना कम भएकाले कोभिड अस्पताल सञ्चालन नगरिएको जनाएको छ । अस्थायी अस्पतालमा डाक्टर आउन नमानेकाले कोरोनाको अबस्था हेरेर केही समय पछि कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख हरी बहादुर कठायतले जानकारी दिनुभयो ।
कालीमाटी गाउँपालिकाले पौष १ गते देखी डाक्टर भर्ना गरेर सेवा प्रवाह गर्ने जनाएको छ । हालसम्ममा त सम्र्पकमा डाक्टर रहेको र पौष १ गतेदेखी भर्ना गरेर कोभिड¬१९ अस्थायी अस्पताल सञ्चालन गरिने स्वास्थ्य शाखा संयोजक गोरख बहादुर थापाले जानकारी दिनुभयो । जसका लागी भवन निर्माण कार्य भैरहेको छ ।
बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बासुदेब पोख्रेलले डाक्टर छनोटका लागी मंसिर ३० गते अन्र्तवार्ताको दिन तोकिएको जानकारी दिनुभयो । स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना गर्न समस्या नभएपनि डाक्टरको भर्ना गर्न भने समस्या भएको उहाँको भनाई छ । अव भाडामा भवन लिएर सेवा सञ्चालन गरिने नगरले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाले कर्मचारी भर्नाका लागी दोस्रो पटक दरखास्त आह्वान गरेको छ । पहिलो पटक दरखास्त आह्वान गर्दा डाक्टर र स्टार्फ नर्स कसैमा पनि आवेदन नपरेकाले मंसिर २२ गते सोमवार देखी दोसा्रे पटक दरखास्त आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।
हालसम्म ६ सय ८३ जनामा कोरोना संक्रमण
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ६ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना फोकल प्रसन रिखाराम पुनले संक्रमित मध्ये ५ सय ५० जना निको भएर डिस्चार्ज भएको जानकारी दिनुभयो । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १ सय ३२ रहेको छ । हालसम्म जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यू भएको छ ।