महेश कुमार वली,
सल्यान २५, मंसिर ।
मानव अधिकार संरक्षणका लागी सल्यानका सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् । ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवशका अबशरमा जिल्लाको सदरमुकाम खलंगामा नेपालको संबिधानमा ब्यवस्था गरिएका मौलिक हक र अन्य कानुनी ब्यवस्थाको पूर्ण कार्यान्वयनका लागी प्रतिबद्ध रहदैँ ७ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।
जसमा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, सल्यान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द थापा, शसस्त्र प्रहरी वलका निमित्त प्रमुख हरी पराजुली, जिल्ला सहायक न्यायधिबक्ता भिमसेन काफ्ले लगाएत सरोकारवालाहरुले हस्ताक्षर गरेका हुन् ।
मानवअधिकारप्रति पूर्ण सचेत र बफादार रहने, मानवअधिकारको पूर्ण सम्मान र संरक्षण गर्ने, मानवअधिकार बिरुद्धका कुनै पनि कार्य नगर्ने, हरेक क्षेत्रमा मानवअधिकार स्थापित गर्न पूर्ण समर्पित रहने, मानवअधिकार उल्लंघन हुने र अवज्ञा गर्ने बिरुद्ध कारवाहीका लागी पहल गर्ने लगाएतका ७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वय र हरप्लेस, रेस नेपाल, इन्सेक तथा ग्रामिण महिला उत्थान केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । सो अबशरमा सहभागी सरोकारवालाहरुले मानवअधिकारको रक्षाका लागी सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मानवअधिकारकर्मी रामचन्द्र रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी मिना बुढाथोकीले गर्नुभएको थियो ।