सल्यानमा मानव अधिकार उलंघनका घटनामा कमी

इन्सेक भन्छ : ‘बलात्कारको अबस्था भयाभह छ’


सल्यान २५, मंसिर ।
सल्यानमा मानव अधिकार उलंघनका घटनामा कमी आएको छ । बिगतका बर्षहरुको तुलनामा यस बर्ष जिल्लामा मानव अधिकार उलंघनका घटनामा कमी आएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) सल्यानले जनाएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२१ का लागी संकलन गरिएका घटनाहरुको समिक्षा तथा पुर्नपुष्टि कार्यक्रममा यस्तो तथ्यांक सार्बजनिक भएको हो ।
बिहीवार जिल्लाको सदरमुकाम खलंगामा सो तथ्यांक सार्बजनिक गर्दै ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले बिगतका बर्षहरुमा भन्दा यस बर्ष मानव अधिकार उलंघनका घटनामा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार २०२० को जनवरी देखी डिसेम्बर सम्म ५६ वटा घटनाहरु अभिलेखिकरण गरिएको छ ।
जसमा सबै भन्दा धेरै बालअधिकारका २४ वटा घटना घटेका छन् । यस्तै महिला अधिकारका २२ वटा, भौतिक संरचना क्षतीका ४ वटा, नागरिक तथा सामाजिक अधिकारका ४ वटा र बाँचन पाउने अधिकारका २ वटा रहेका छन् । बर्षभरीको तथ्यांकलाई हेर्दा बलात्कारका घटना धेरै भएको बुढाथोकीले जानकारी दिनुभयो । जसअनुसार जिल्लामा २४ वटा बालिका तथा महिला बलात्कारका घटना घटेका छन् ।
यस्तै बालबिवाह र बहुबिवाहका घटना ४/४ वटा, बोक्सी आरोप र आगजनीका घटना ३/३ वटा घटना घटेका छन् । यस्तै बलात्कार प्रयास, गिरफ्तार, चन्दा संकलनका २/२ वटा घटना रहेका छन् । यस्तै कुटपिट, ज्याला विभेद, बालिका अलपत्र, बालिका बेवारिसे, शिक्षाबाट बञ्चित, सम्पत्ती क्षती, हत्या र बालिका हत्या १/१ वटा घटना भएका छन् ।
यस्तै पालिका अनुसार सबै भन्दा धेरै घटना शारदा नगरपालिकामा भएका छन् । जसअन्र्तगत शारदा नगरपालिकामा १८ वटा, बागचौर र बन्गाड कुपिण्डे नगरपालिकामा ७/७ वटा घटना भएका छन् । यस्तै त्रिबेणी र कुमाख गाउँपालिकामा ५/५ वटा, कालीमाटी र कपुरकोट गाउँपालिकामा ४/४ वटा र छत्रेश्वरी, सिद्ध कुमाख तथा दार्मा गाउँपालिकामा २/२ वटा घटना भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
बुढाथोकीले जिल्लामा क्रियाशिल बिभिन्न निकायहरुले सचेतनाका अभियान सञ्चालन गरेका कारण यस्ता घटनामा कमी आएको बताउनुभयो । ‘अहिले समाजमा जुनसुकैँ घटना घटेपनि प्रहरी प्रशासन सम्म आउने र प्रहरी प्रशासन, स्थानिय तह र सरोकारवालाहरुको पहलमा बाहिर आउने गरेका छन्, सोही कारणले जिल्लामा बिगतको तुलनामा मानवअधिकार उलंघनका घटनाहरुमा कमी आएको छ’ उहाँले भन्नुभयो ‘कुटपिट लगाएतका घटनामा कमी आएपनि बलात्कारका घटनामा भने कमी आउन सकेको छैन् ।’
कोरोना भाइरसको रोकथामको लागी सरकारले गरेको लकडाउनको अबधिमा पनि बलात्कारका घटना बढी भएको उहाँको भनाई छ । ‘समग्र जिल्लाको तथ्यांकलाई हेर्दा मानवअधिकार उलंघनका घटनामा कमी आएको छ, तर विगतका बर्षको तुलनामा बलात्कारका घटना धेरै भएका छन्’ उहाँले भन्नुभयो । गत बर्ष जिल्लामा ७६ वटा मानव अधिकार उलंघनका घटनाहरु भएका थिए ।
सो अबशरमा बोल्नेबक्ताहरुले मानवअधिकार उलंघनका घटनामा कमी ल्याउनको लागी सबै क्षेत्र जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनीहरुले घरेलु मदिरा, बालबिवाह, बहुबिवाह, बैदेशिक रोजगारीका कारण जिल्लामा धेरै मात्रामा घटनाहरु हुने गरेको बताएका हुुन् । कार्यक्रमको संचालन इन्सेकको इपीएल परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस