सामुदायिक रेडियो राप्ती एफएम सल्यान १४ औँ बर्षमा प्रवेश

सल्यान २६, मंसिर ।
सल्यान जिल्ला कै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जले आज (शुक्रवार) आफ्नो १३ औँ बार्षिकोत्सव मनाउने तयारी गरेको छ । शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ.एम. ले आफ्नो प्रशारण शुरु गरेको १३ बर्ष पुरा गरि १४ औँ बर्षमा प्रवेश गरेको अबशरमा बार्षिकोत्सव मनाउन लागेको हो ।
२०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ । रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्यूठान, जाजारकोट, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् ।
नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ.एम.ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले जानकारी दिनुभयो । बार्षिकोत्सवको अबशरमा आज दिउँसो साँढे १२ बजे रेडियोको प्रांगणमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले सिमित ब्यक्तिहरुको उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । बार्षिकोत्सवका अबशरमा आयोजित कार्यक्रमको रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जले प्रत्यक्ष प्रशारण गर्ने छ ।
के के गर्छ रेडियो राप्तीले ?
सुचनाको पहुँचबाट टाढा भएकाहरुलाई सुचनाको पहुँच भित्र ल्याउने उद्येश्यले सल्यानमा रेडियो राप्ती एफ.एम. स्थापना भएको हो । शारदा मिडिया संगमद्धारा संचालित रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जमा सुन्न सकिन्छ । २०६४ साल मंसिर २६ गते बाट औपचारिक रुपमा जिल्लाको पहिलो सामुदायिक रेडियोको रुपमा संचालनमा आएको रेडियो राप्ती एफ.एम. समुन्द्री सतहदेखि १५३६.मिटर उचाईमा रहेको सल्यानको सदरमुकाम खलंगामा अवस्थित छ ।
शारदा नगरपालिका २ डाँडागाउमा रहेको एफ.एम. आफनै भवनबाट प्रशारण भईरहेको छ । १०० वाट क्षमताको रेडियोमा हाल दैनिक १७ घण्टा विभिन्न कार्यक्रमहहरु प्रशारण भईरहेका छन । रेडियो राप्ती एफ.एम. सल्यानका साथै रुकुम, रोल्पा जाजरकोट र दाङ, सुर्खेतका केही भागमा सुन्न सकिन्छ भने www.radiorapti.org.np  मार्फत संसारभर सुन्न सकिन्छ ।
आवाज विहिनका आवाजलाई बुलन्द गर्दै रेडियोले समाचारमुलक, चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैे आइरहेको छ । प्रत्येक घण्टा समाचार प्रशारण हुने रेडियोमा कतिपय समाचार भने राष्ट्रिय स्तरका न्युज नेटवर्कको सहकार्यमा प्रशारण भईरहेका छन् । पछाडि पारिएका वर्ग क्षेत्र र समुदायलाई संचारका माध्यमबाट मुल प्रवाहमा समाहित हुन अभिप्रेरित गर्ने रेडियो उद्धेश्य रहेको छ । यस्तै मानव अधिकार, सामाजिक न्याय, सुशासन, शान्ति स्थापनमा सहयोग गर्ने, कला, संस्कृतिको संरक्षण गर्ने, पर्यटन विकासमा योगदान पुर्याउने, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, वैज्ञानिक कृषि प्रणालीलाई जोड दिई आम सर्वसाधारणको सम्वृद्धिको लागि त्यस प्रकारका कार्यक्रमहरुलाई रेडियोले महत्वका साथ प्रशारण गर्दै आईरहेको छ ।
दक्ष जनशक्त्ति रहेको रेडियोमा बत्ती नभएकोबेला वैकल्पिक उर्जाको रुपमा युपीयस, सौर्य उर्जा (सोलार सीस्टम) रहेको छ । रेडियोमा आवश्यक पर्ने सबै उपकरणका अतिरिक्त्त फिल्डबाट मिनी स्टुडियो बनाई कार्यक्रम संचालन गर्न फिल्ड मिक्सचर, सुचनालाई प्रभावकारी बनाउन आकेटोके आदि समेत रेडियोमा उपलब्ध छन् ।
सामुदायिक रेडियोहरको विश्व संगठन अमार्क, सामुदायिक रेडियो प्रशारक संघ अको¥याव लगायत संग आवद्ध रहेको रेडियो राप्ती एफ.एमले सिआईएन, उज्यालो ९० नेटवर्क, बीबीसी मिडिया एक्सन, एन्टेना फाउन्डेशन, इक्वाईलेक्कसेस, मिडिया क्याफे, ओरेक नेपाल टि.डब्लु.आर. नेपाल, हरप्लेस लगायतका संस्थाहरका साथै विभिन्न विज्ञापन एजेन्सीहरु जिल्ला देखि राष्ट्रिय स्तर सम्मका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्र संग सुचना, कार्यक्रम, विज्ञापन लगायतका कुराहरुमा मैत्रीपुर्ण सहकार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस