लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान सम्पन्न

दुर्गा विसी,
सल्यान २६, मंसिर ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको अभियानका क्रममा हिंसा न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिईएको छ । अभियानका रुपमा नगरमा महिला तथा वालवालिका शाखाले विविध खाले कार्यक्रम आयोजना गरेको थियोे । सुरुवातमा नगरकाे प्राङ्गणबाट दिप प्रज्वलन कार्यक्रम सुरु गरिएको थियोे । त्यसै गरि वडाका टाेलटाेलमा प्रचारप्रसारत्माक, वजारका चाेक र सार्वजनिक क्षेत्रमा व्यानर टाँसिनुका साथै जनचेतनामूलक कार्यक्रम आयाेजना समेत गरिएको थियोे । बिहिवार समापनकाे दिन वजार परिक्रमा, र्‍याली पछि काेण सभामा नगर प्रमुख तथा कार्यक्रम प्रमुख अतिथि गाेविन्द कुमार पुनले महिला हिंसा अन्त्यकाे लागि सबैकाे जरुरत आबश्यक रहेको औंल्याउनु भएको थियोे । पुनले महिला हिंसा न्युनिकरण मुख्य कारण समाजिक विकृति नै रहेको र जानेवुझेका वाट झन सुधार हुनुपर्नेमा अझै त्यस्तो घरमा वढि हिंसा जन्य कारणकाे समस्या भएको देखिन्छ । सबै सजक हुन्ज पर्ने समानता जस्ता कुरा परिपालन आवश्यक रहेको जनाउनु भयाे । हिंसा जरैदेखि समाप्त पार्नेको लागि सबैकाे सहयोगबाट मात्रै सम्भव हुने ठाेकुवा समेत गरिएको छ । कार्यक्रम उपप्रमुख मञ्जु यरी, निमित्त प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटा, वडा अध्यक्ष गाेविन्द डाँगी, स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेल, महिला तथा वालवालिका शाखाका प्रतिनिधि लक्ष्मी शाहीले मन्तव्य राख्नु भएको थियोे । १५ दिन सम्म नगरका विभिन्न टाेल वस्तिहरुमा लैङ्गकि हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रम पश्चात् समापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस