सल्यानका थप ३ जनामा कोरोना पुष्टि


सल्यान २७, मंसिर ।
सल्यानका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ६ सय ८६ पुगेको छ । संक्रमित मध्ये हाल सम्म ५ सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस