दुर्गा बिसी,
सल्यान २८, मंसिर ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ मा रहेको प्रतिभा माद्यामिक बिद्यालय जयतपानीको ६ कोठे भवनको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतवार बिद्यालय भवन उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै मन्त्री ज्वालाले शैक्षिक सुधारको मुख्य पाटो भौतिक पुर्वाधार भएको बताउनुभएको छ । विद्यार्थी अध्ययन गर्ने स्थान राम्रो नभए उनिहरुको समेत पठनपाठनमा स्वतः समस्या हुने भएकोले राज्यको नजर यस तर्फ वढी रहेको उहाँको भनाई ।
उहाँले बिद्यार्थीको भभिष्य उज्ज्वल बनाउनका लागी शिक्षक, बिद्यार्थी र अभिभावकहरुका बिचमा त्रिपक्षीय सहकार्य हुन आबश्यक रहेको बताउनुभयो । बिद्यार्थी जीवन अत्यन्तै संघर्षशिल समय भएकाले जीवन सफल वनाउनका निम्ती कडा मेहनत गर्नुपर्ने उहाँको भनाई छ । कर्णाली प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालय अन्तर्गत आव ०७५/०७६ को रु.५० लाख वजेट बाट ६ कोठे भवनको निर्माण गरिएको थियो ।
भवन उद्घाटन कार्यक्रममा बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मञ्जु यरी, नेकपा नगर अध्यक्ष कीर्तिवहादुर राना, नेकपा जिल्ला कमिटी सदस्य रमेशकुमार गौतम, राम खड्की, दिपक यरी, शिशिर थापा लगाएतकाले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमवहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक देविलाल नेपालीले गर्नुभएको थियो ।