दुर्गा बिसी,
सल्यान २८, मंसिर ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ जयतपानीमा लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतवार खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । खानेपानीको उद्घाटन गर्दै मन्त्री ज्वालाले अब नागरिकका दुखका दिन गएको बताउनुभएको छ । खानेपानीका लागी नागरिकले लामो समयसम्म सास्ती पाएको र अहिले भने समस्याको समाधान भएको उहाँको भनाई छ ।
रु.७८ लाख वजेटमा ठुला पोख्राको ५ सय मिटर तलबाट लिफ्ट सिस्टमबाट जयतपानी वजार र आसपासका वस्तिमा खानेपानी सञ्चालन गरिएको छ । १३ हजार घनलिटर क्षमताको खानेपानी र त्यस पछि १५ हजार घनलिटर क्षमता भएको दुई टंयाकीबाट लिफ्ट गरि पानी उच्च भुभागका वस्तिमा पु¥याउने काम भएको छ । नगरको यो लिफ्ट खानेपानी आयोजना दोस्रो रहेको छ ।
तर उच्च भुभागमा पानी लिफ्ट गर्ने प्रविधि भने पहिलो भएको खानेपानी उपभोक्ता समिति जयतपानीका अध्यक्ष टेकबहादुर डाँगीले जानकारी दिनुभएको छ । लिफ्ट खानेपानी आयोजनाको कार्यक्रम नेकपा जिल्ला कमिटी सदस्य रमेशकुमार गौतम, दिपक यरी, रामवहादुर खड्की लगाएतका नेताहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजिकरण स्थानीय शिशिर थापाले गर्नु भएको थियोे । उच्च भुभागमा रहेको वस्तिमा खानेपानी पुगेपछि स्थानिय खुसी भएका छन् ।