नेकपा फुटे देशमा ठुलो संकट आउँछ : अध्यक्ष पुन


दुर्गा विसी,
सल्यान २९, मंसिर ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानका अध्यक्ष गोबिन्द कुमार पुनले देश कै ठूलो शक्ति नेकपा फुटे देशमा ठुलो संकट आउने बताउनुभएको छ । अहिले नेकपा भित्रमा देखिएका आन्तरिक समस्याको छलफल र संबादको माध्यमबाट समाधान गर्ने गरी संवाद अगाडी बढेको बताउदैँ उहाँले कुनै पनि हालतमा नेकपा फुट्न नहुनेमा बताउनुभएको छ ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ मा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपाका प्रदेश कमिटी सदस्य समेत रहनुभएका पुनले नेकपा विघटन भए देशमा झन भयावह अवस्था आउने बताउनुभएको हो । प्रतिगामी शक्तिहरु यतिबेला वलेको आगोमा पेट्रोल छर्किरहेको र यस तर्फ नेतृत्वकर्ताहरु सचेत रहनुपर्ने उहाँको भनाई छ ।
जनताको जनजिविका र कोभिडका विरुद्ध लड्ने वेला एक आपसमा ठोक्किनु भनेको अहिले सम्म प्राप्त उपलब्धी गुम्ने खतरा वढेको उहाँको गुणासो छ । कदमकदाचित नेकपा विघटन भए देश उधोगतिमा जाने र फेरि नेपाली जनताले दुख पाउने उहाँको भनाई छ । नेकपा फुट्नु भनेकै राष्ट्रका लागि खतरा हो उहाँले भन्नुभयो ।
केन्द्र पार्टीको गतिविधि प्रती आफु खिन्न भएको उहाँको धारणा थियोे । बन्गाड कुपिण्डे नगरपालिकाका मेयर समेत रहनुभएका पुनले विकास निर्माणका कार्यमा सरकार बढी सक्रिय भएर लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस