अर्थमन्त्री ज्वालाद्धारा चौरपानी लिफ्ट खानेपानी योजनाको उद्घाटन

सल्यान ३०, मंसिर ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सल्यानको वागचौर नगरपालिका ३ चौरपानीमा अमरज्योति चौरपानी लिफ्ट खानेपानी योजनाको उद्घाटन गर्नुभएको छ । कर्णाली प्रदेश सरकारको १ करोड ४० लाख रुपैँयामा निर्माण सम्पन्न खानेपानी योजनाको मंगलबार मन्त्री ज्वालाले उद्घाटन गर्नुभएको हो ।

खानेपानी योजनाको उद्घाटन गर्दे उहाँले हरेक वस्तिमा खानेपानी पु¥याउन सरकार लागि परेको वताउनुभयो । ‘पहाडी वस्तिमा खानेपानीको अभाव छ, खानेपानी आपुर्ति गर्न आवश्यक योजना सहित प्रदेश अघि वढेको छ’ उहाँले भन्नुभयो । उहाँले कर्णाली प्रदेश सरकार सडक, शिक्षा, खानेपानी, बिद्युक्त लगाएतका क्षेत्रलाई जोड दिएर काम गरिरहेको जानकारी दिनुभयो ।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले पूर्वाधार विकास निर्माणका कामलाई सरकारले प्राथामिकता दिएको वताउनुभयो । जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी सरकारले काम गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख हरिप्रकाश वुढाथोकी, नेकपा कर्णाली प्रदेश सदस्य टिकाराम वली, सुम्निमा डिसी लगायतले बोल्नुभएको थियो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर शाहीले चौरपानी वजार भन्दा २ सय ५० मिटर तलवाट पानी सोलार सिस्टम प्रयोग गरी लिफ्ट खानेपानी योजना सञ्चालनमा आएको वताउनुभयो । उहाँका अनुसार खानेपानी योजना निर्माण भएपछि १ सय वढी घरधुरी लाभान्वित भएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस