प्रधानाध्यापकहरुको बैठक सम्पन्न : (बैठकका ७ निर्णहरु)

दुर्गा बिसी,
सल्लीवजार ३०, मंसिर ।
सुर्खेतको सिम्ता गाउँपालिकामा प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । बैठकले सिम्ताको शैक्षिक पक्षको बारेमा ब्यापक छलफल गरेको छ । कोभिड १९ ले पारेको असरका विषयमा र अब विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेको जनाएको छ । बैठकले यहि पुस ५ सम्म इएमआइएस अपलोड गरिसक्नु पर्ने, दोस्रो किस्ताको चौमासिक तलब माग पुस १० सम्म गाउँ शिक्षा शाखामा वुझाइ सक्नुपर्ने, आ.व २०७६/०७७ को सामाजिक लेखापरीक्षण र वित्तिय लेखापरीक्षण पौष मशान्त सम्म गरिसक्ने र उक्त प्रतिवेदनका आधारमा ०७७/०७८ को लेखापरीक्षण रकम पठाउने भएको छ ।

यस्तै सम्पुर्ण सामुदायिक बिद्यालयको छात्रवृत्ति र पाठ्यपुस्तकको बिल भर्पाइ पौष मसान्त सम्म पेस गर्ने, सिम्ता गाउँपालिकाका सबै सामुदायिक बिद्यालयमा (कोभिड १९) सन्दर्भमा बिद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ अनुसार पठनपाठन गराउने निर्णय भएको जनाएको छ । पौष मसान्तसम्म अर्धबार्षिक परीक्षा समेत गराउने, बिद्यालयमा दिवा खाजा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/०७८ को अनुसुचि(४) अनुसारको मापदण्डमा रहेर सञ्चालन तथा ब्यबस्थापन गर्ने निर्णय भएको गाउँ शिक्षा शाखाका विन्द अधिकारीले जानकारी दिनु भएको छ ।

विद्यालय सञ्चालन गर्दा निकै सावधानी अपनाउन र मास्क र कोभिड वारे सजगता अपनाउन समेत अपिल गरिएको छ । धेरै लामो समय पछि विद्यालयको पठनपाठनमा र शैक्षिकसत्र सञ्चालनका विषयमा व्यापक छलफल गरिएको छ । सरकारले गरेको निर्देशन र निर्देशिकालाइ अक्षरस पालन गरि पठनपाठनमा सञ्चालन गर्न गराउन सिम्ता गाउँपालिका गाउँ शिक्षा समिति तथा प्रअ बैठकले सबैलाई आह्वान गरेको छ । आंशिकरुपमा २ महिना अघि देखि सिम्तामा पठनपाठन सञ्चालन गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित