त्रिवेणी गाउँपालिका अध्यक्ष डाँगीद्वारा प्रशासनिक भवनको शिलान्यास

 

सल्यान ३०, मंसिर ।
सल्यानको त्रिबेणी गाउँपालिकाले अत्याधुनिक डिजाइनको प्रशासनिक भवन निर्माण गर्न थालेको छ । गाउँपालिकाको केन्द्र लुहाममा ८ करोड ३० लाखको लागतमा जिल्लामा नै नयाँ डिजाइनको भवन निर्माणको थालनी गरेको हो । तीस महिना भित्रमा सम्पन्न गर्ने गरी भवन निर्माणको काम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयो ।
बिभिन्न दाताहरुबाट निशुल्क रुपमा प्राप्त गरेको ५ रोपनी जग्गा र गाउँपालिकाले ४ रोपनी खरिद गरेर ९ रोपनी जग्गामा नयाँ भवन निर्माणको थालनी गरिएको उहाँको भनाई छ । यसैबिच गाउँपालिकाको प्रशासनिक भवनको आज गाउँपालिकाका अध्यक्ष डाँगीले शिलान्यास गर्नुभएको छ । जिल्लामा नै फरक डिजाइन भएको, अपांगमैत्री, लिफ्ट सिस्टम भएको साँढे ३ तला र झण्डै ४० बढी कोठा भएको भवनको लागी शिलान्यास गरिएको उहाँको भनाई छ ।
केन्द्र सरकारको समपुरक वजेट र गाउँपालिकाको वजेट मार्फत भवन निर्माण थालिएको उहाँले जानकारी दिनुभयो । तीस महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी प्रकृति हमाल जेभी निर्माण सेवाले भवन निर्माणको जिम्मेवारी लिएको छ । आफ्नै भवन नहुदाँ गाउँपालिकाले अहिले भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस