बन्गाडमा कोरोना रोकथामका लागी सचेतनामुलक अभियान सञ्चालन

दुर्गा बिसी

सल्यान १, पुस ।
कोरोना भाइरस रोकथाम प्रतिकार्य सम्बन्धि बनगाड कुपिण्डे नगरपालिकामा सचेतना अभियान सञ्चालन गरिएको छ । नगरपालिकाकाको समन्वय र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा गोष्ठि पछि सल्लिवजारमा अभियान सञ्चालन गरिएको हो । अभियान अन्र्तगत पोष्टर टाँसिनुका साथै मास्क प्रयोग, भौतिक दुरि कायम, नियमित हात धुने, मौसमि रुघाखोकी तथा चिसोको समस्या रहेकोले न्यानो, झोलिलो खानेकुरा खाने, विवाह, धार्मिक कार्य भिडभाड नगर्ने, मास्कको प्रयोग गर्न सुझाव दिइएको छ ।

सो अबशरमा स्वास्थ्य निर्देशनालयका डाक्टर रविन खड्काले कोभिड १९ प्रभाव र यसले पार्न सक्ने समस्याका बारेमा जानकारी दिनुभएको थियो । सबै भन्दा बढी अहिले बिद्यालय क्षेत्र प्रभावित भएकाले सजकता अपनाउन शिक्षक, अभिभावक र विद्यार्थीलाई आग्रह गर्नुभयो । वालवालिका, गर्भवति महिला, वृद्धा र रोगि व्यक्तिले विशेष साबधानी अपनाउन खड्काको सुझाव छ ।

वडाअध्यक्ष शान्त कुमार यरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रेलले गर्नु भएको थियोे । सचेतनामुलक तथा कोभिड रोकथाम प्रतिकार्य सम्बन्धि सचेतना अभियान सबै वडाका टोल वस्तिमा पु¥याउन अह्वान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस