बुद्धि पुन,
सल्यान १, पुस ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ मा रहेको जागृत वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक परिवार, एक सदस्य अभियान सञ्चालन गर्ने भएको छ । आमनागरिकलाई सहकारी शिक्षा प्रदान गर्दै सहकारीप्रतिको आर्कषण बढाउनको लागी एक परिवार एक सदस्य अभियान सञ्चालन गर्ने भएको हो ।
सरकारीको २५ औँ साधारणसभा तथा ७ औँ अधिबेशनवाट निर्वाचित नयाँ कार्यसमितीले बुधबार पत्रकारहरुसँग छलफल गर्दै स्तरीय, छिटो र छरितो सेवा प्रवाह गर्दै शेयर सदस्य बढाउने र कार्यक्षेत्र पनि बढाउने गरी कामको थालनी गरिएको जानकारी दिएको छ । नवनिर्वाचित अध्यक्ष किशोर कुमार हमालले पछिल्लो समय पैसा जम्मा गर्ने र ऋण लिने अर्थमा मात्रै सहकारीलाई बुझ्ने गरेको बताउदैँ जागृत सहकारीले भने नुमना सहकारीको रुपमा काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले विगतमा पनि सहकारीले सामाजिक र रचनात्मक कार्य गर्दै आएको बताउदैँ अबका दिनमा पनि यसलाई प्राथामिकता दिएर काम गर्ने बताउनुभएको छ । बाल वचत समुहबाट शुरुवात गरेर अहिले ६ सय ३९ जना शेयर सदस्यलाई समाबेश गर्न सफल भएको बताउदैँ उहाँले यसको दायरालाई नगरपालिकाका सबै क्षेत्रमा बिस्तार गर्ने सोच बनाएको जानकारी दिनुभयो ।
यस सहकारीमा ६ करोड ५७ लाख ७५ हजार ९ सय ५६ रुपैँया कुल पुजीँ रहेको छ । यस्तै ४६ लाख ७८ हजार ६ सय शेयर पुजीँ भएको सहकारीमा ४ करोड ६२ लाख ३२ हजार ३ सय ३४ रुपैँया वचत रहको छ । सहकारीका सचिव कल्पना सेजवालले यस जागृत सरकारीले जिल्लामा नै सबैभन्दा सस्तो ब्याजदरमा ऋण प्रदान गर्दै आएको बताउनुभएको छ ।
यस्तै सहकारीले २५ बर्ष पुरा गरेको अबशरमा रजत जयन्ती मनाउने तयारी गरिरहेको जनाएको छ । हालै सम्पन्न भएको सहकारीको ७ औँ अधिबेशनबाट ११ सदस्यीय सञ्चालक समिती र ३ सदस्यीय लेखा समिती सर्वसम्मत निर्वाचित भएको छ ।