दुर्गा बिसी,
सल्यान २, पुस ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा चालु आर्थिक बर्षमा सञ्चालन गरिने विकास निर्माणका कामहरुको योजना सम्झौतामा ढिलाई भएको पाइएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिक सकिदाँ पनि नगरमा अहिले सम्म कुनै पनि सम्झौता भएका छन् । आर्थिक बर्षको अन्त्य तिर सम्झौता गर्ने र गुणस्तरहिन काम गर्ने परिपाटीले गर्दा अहिले सम्म कुनै पनि सम्झौता नभएको नगरपालिकाले जनाएको छ ।
वजेट कार्यान्वयका लागी वडका जनप्रतिनिधिहरुलाई आग्रह गर्दापनि उनीहरुले चासो नदिएको नगरपालिकाको गुणासो रहेको छ । योजना सम्झौताक लागी उपभोक्ता समितीहरुलाई नगरमा पठाउन वडा कार्यालयहरुमा पत्र पठाउदाँ पनि अहिले सम्म कोही नआएको नगरपालिकाका सुचना अधिकृत धर्मराज ढकालले जानकारी दिनुभयो । असारमा सम्झौता गरेर असारमा नै वजेट कार्यान्वय गर्ने परिपाटीले विकासमा प्रत्यक्ष असर गरेको उहाँको भनाई छ ।
कात्तिक १४ गते नै सबै वडामा वजेट कार्यन्वयन प्रक्रिया अघि वढाउन भनेर पत्र पठाइएको थियो । तर डेढ महिना बित्दा समेत सम्झौताको लागी कोही नआएको उहाँको भनाई छ । समयमा नै सम्झौता नहुने र वजेट कार्यान्वय पनि ढिला हुने भएकाले दिगोपन, पारदर्शी, जनप्रिय, आबश्यकता अनुरुप र गुणस्तरीय काम हुन नसक्ने स्थानियको भनाई छ । चालु बर्ष सकिन ६ महिना मात्रै बाँकी रहदाँ पनि नगरको विकास वजेट खर्च भने शुन्य रहेको छ ।