सल्यान ३, पुस ।
पछिल्लो २४ घण्टामा सल्यानका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको कालीमाटी गाउँपालिकाका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
कोरोना फोकल प्रसन रिखाराम पुनले जिल्लामा अहिले सम्म ६ सय जना डिस्चार्ज भएको जानकारी दिनुभएको हो । अहिले जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या १ सय १ रहेको छ । हाल सम्म सल्यानमा कोरोनाका कारण एक जनाको मृत्यू समेत भएको छ ।