सल्यान ४, पुस ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा रुकुम जिल्लामा पर्ने सिस्ने हिमाल ।
कर्णाली प्रदेश सरकारका अर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा सल्यानको बागचौरमा बन्दै गरेको निर्माणाधीन बागचौर लिफ्ट खानेपानी आयोजनाको खानेपानी ट्यांकी ।
तस्वीरमा सल्यानको कुमाख गाउँपालिका बडागाउँ नजिकैको सुन्दर सल्लेरी पाखा ।
तस्वीरमा बागचौर नगरपालिका वडा.११ सल्यानमा रेहको एक मन्दीर ।
तस्वीरमा सल्यानको छत्रेश्वरी गाउँपालिका र रोल्पाको गंगादेव गाउँपालिकाको सिमानामा रहेको सुन्दर ठाउँ झँयाम ।
तस्वीरमा राप्ती राजमार्ग अन्तर्गत सिद्ध कुमाख गाउँपालिका सल्यान चाख्लिघाट नजिकैको दृश्य ।
तस्वीरमा कपुरकोट गाउँपालिका सल्यान अन्तर्गत मुलपानी आसपासको दृश्य ।