मन्त्री ज्वालाद्धारा जन्मगाउँमा नवनिर्मित विद्यालय भवनको उद्घाटन

दुर्गा बिसी,
सल्यान ४, पुस ।
सल्यानको पश्चिमी क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ खहरेखोलामा रहेको कृष्ण प्राथामिक विद्यालयको नवनिर्मित भवनको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको छ । नवनिर्मित दुई कोठे भवनको मन्त्री ज्वालाले उद्घाटन गर्नुभएको हो । विद्यालयमा अध्ययन गर्ने वालवालिकाका लागी प्रयाप्त कक्षा कोठा नहुदा एउटै कक्षामा २ वटा कक्षासम्मका बिद्यार्थीहरु राखेर सञ्चालन गर्ने गरिएको थियो ।

कर्णाली प्रदेश सरकारको आव २०७६र०७७ मा विनियोजन गरिएको २० लाख रकम बाट उक्त भवन निर्माण गरिएको हो । भवन उद्घाटन गर्दै मन्त्री ज्वालाले जन्मभुमि प्रतिको आधार, माया, मातृभुमिलाई कदापि भुल्न नसकिने धारण राख्नु भएको छ । मन्त्री ज्वालाकै पहलमा गत वर्ष माल्पे, खहरेखोला, वेलखोला र च्युरा वारिपारि गाउँ पुग्ने रिङ्गरोडले पुर्णता पाउने भएको छ । वाल्यकालमा अध्ययन गर्दा निकै दुख पाएको स्मरण गर्दै आफ्नो पहिलो प्राथमिकता शिक्षा दोस्रोमा सडक भएको बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार पुनले भवनको प्रर्याप्ततासँगै गुणस्तरीय शिक्षामा जोडदिनु पर्ने बताउनुभयो । वडा अध्यक्ष शान्त कुमार यरीले मन्त्री ज्वालासँग सडकस्तर वृद्धि र विजुली वत्ति जतिसक्दो चाडै पुर्याउने तर्फ पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

नेकपा नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना, नेकपा कर्णाली प्रदेश परिषद सल्लाहकार समिति सदस्य गणेश विसी, वडा सदस्य मोहन विसी, इन्जिनियर महेश देवकोटा लगाएतले बोल्नु भएको थियोे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रवहादुर साहुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्थानीय डम्बर साहुले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रधानाध्यापक हिरालाल साहुले गर्नु भएको थियोे ।

 

 

 

प्रतिक्रिया दिनुहोस