रेडक्रस सल्यानद्धारा डिग्निटी कीट सहयोग

सल्यान ५, पुस ।
जिल्ला कारागार सल्यानमा रहेका महिला कैदीबन्दीहरुको लागी कारागारमा डिग्निटी कीट सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको आयोजनामा जिल्ला कारागार सल्यानमा रहेका २९ जना महिला कैदीबन्दीहरुका लागी २९ थान डिग्निटी कीट सहयोग गरिएको हो । ब्यक्तिगत सरसफाईमा जोड दिदैँ नियमित सरसफाइ र स्वस्थ्य जीवनयापन गर्न टेवा पु¥याउने हेतुका साथ हस्तान्तरण गरिएको हो ।

जसमा सावुन, मन्जन, व्रस लगाएतका सामाग्रीहरु रहेका छन् । जिल्ला कारागारका जेलर वल बहादुर केसीको रोहवरमा हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापती यौवन प्रकाश श्रेष्ठ, मन्त्री किशोर कुमार हमाल, उपमन्त्री कल्पना सेजवाल, कोषाध्यक्ष ज्ञान प्रकाश शर्मा लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस