सल्यान ५, पुस ।
सल्यानको कजेरीका एक युवक १२ दिन देखी सम्पर्क विहिन भएका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरी ओख्रेनीका २५ बर्षिय युवक मंगलसिंह थापा १२ दिन देखी सम्पर्क विहिन भएका हुन् । मंसिर २४ गते राती १० वजे तीर घर देखी हिडेका उनी अहिलेसम्म सम्पर्क विहिन रहेको परिवारले जनाएको छ ।
विगत १२ दिनदेखी खोजी गर्दा पनि अहिलेसम्म सम्पर्कमा नआएको भाइ अर्जुन थापाले जानकारी दिनुभयो । घरमा झैझगडा केही पनि थिएन्, तर म घर छोडेर सदाको लागी गए भनेर एउटा चिठ्ठी छोड्नु भएको छ, हामीले निरन्तरण खोजी कार्य गरिरहेका छौँ तर अहिले सम्म भेटिनुभएको छैन् उहाँले भन्नुभयो ।
दाइ जानसक्ने सम्भावित ठाउँ तथा आफन्त कहाँ सबै ठाँउमा खबर गरिसकेपनि अहिले सम्म कुनै जानकारी प्राप्त नभएको उहाँको भनाई छ । घरपरिवार, नेपाल प्रहरी, स्थानियले दैनिक जसो खोजी गर्दा पनि अहिलेसम्म कतै पत्तो नलागेको उहाँले जानकारी दिनुभयो ।
मंगलसिंह डेढ बर्ष अघि मात्रै ४ बर्ष मलेसियामा बसेर घर फर्किएका थिए । साथै परिवारले उनको खोजी कार्य गरिदिन र यदी कहिकतै भेटिएमा नजिकैको प्रहरी कार्यालय वा घरपरिवारमा खवर गरिदिन सबैमा आग्रह गरेको छ ।