सल्यान ८, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानका नेताहरुले पार्टी भित्र महाराजा प्रवृति मौलाउँदा देश र पार्टी संकटमा परेको बताएका छन् । पार्टीको नीति, विधि, पद्धति र कार्यदिशालाई लत्याएर हिटलर शैलीमा देश र पार्टी चलाउँन खोज्दा देश गम्भिर संकटमा परेको उनीहरुले बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी शारदा नगर कमिटीले आज खलंगामा आयोजना गरेको अगुवा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्ने नेताहरुले प्रधानमन्त्री ओलीले असंबैधानिक, अलोकतान्त्रिक र बदमासीपूर्ण काम गरेका बताएका हुन् ।
आफ्ना काम मात्र ठिक अरुका सबै बेठिक भन्ने प्रवृत्तिले संविधान, राष्टपति, निती विधिलाई निलेको बताउदैँ उनीहरुले ओली कै कारण पार्टी गम्भिर संकटमा परेका बताएका हुन् । कार्यक्रममा नेकपाका जिल्ला पार्टी सचिव कर्ण बहादुर बुढाथोकी, प्रदेश कमिटी सदस्यहरु उदय बोहरा, कृति बहादर पुन, धिरेन्द्र श्रेष्ठ, हरि केसी, भिम प्रकाश शर्मा, निम बहादुर केसी, दिल माया बुढा मगर, टिकाराम वलीले बोल्नुभएको थियो ।
यस्तै जिल्ला कमिटी सदस्यहरु रमेश कुमार गौतम, राम खड्की, हरि प्रकाश बुढाथोकी, चन्द्र बहादुर राणा, कल्पना सेजवाल, हेमेन्द्र बुढाथोकी, राजेश बिक, टोप बहादुर थापा लगाएतकाले बोल्नुभएको थियो । नगर कमिटी अध्यक्ष नविन सिंह भडेँलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव यौवन प्रकाश श्रेष्ठले गर्नुभएको थियो । साथै शारदा नगर कमिटीले प्रधानमन्त्री ओलीले चालेको कदम असंबैधिक भएको बताउदैँ एक ढिक्का भएर अगाडी बढ्ने निर्णय समेत गरेको छ ।