बसको छतबाट सामान झार्ने क्रममा करेन्ट लागेर सल्यानमा एक जनाको मृत्यू

सल्यान १०, पुस ।
बसको छतबाट सामान झार्ने क्रममा करेन्ट लागेर सल्यानमा एक जनाको मृत्यू भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा, वागवजार नजिकैँ बसको छत वाट सामान झार्ने क्रममा थ्री फेज लाईनबाट करेन्ट लागेर दाङको दंगीदरण गाउँपालिका वडा नम्बर ३ निवासी २१ बर्षिय गाडी सहचालक राजेश डाँगीको मृत्यू भएको हो ।

दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखोलाका लागी छुटेको ना ८ ख २९६२ नम्बरको बसको छतबाट सामान निकाल्दा आज दिउसोँ करिब ४ वजे तीर उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस