सल्यान १०, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा सल्यानमा प्रचण्ड–नेपाल समूहले पार्टीको प्रशिक्षनात्मक कार्यकर्ता भेला जिल्लाका दश वटै स्थानिय तहमा सम्पन्न गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटन गरेपछि विभाजन भएको प्रचण्ड–नेपाल समुहले सल्यानका सबै स्थानिय तहमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।
बुधवार शारदा नगरपालिका र बिहीबार छत्रेश्वरी गाउँपालिकामा भेला आयोजना गरेको प्रचण्ड–नेपाल समुहले आज शुक्रवार जिल्लाका बाँकी सबै स्थानिय तहमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई जिल्लाका नेताहरुले सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंबैधानिक, अलोकतान्त्रिक कार्य गरेको भन्दै ओलीले गरेको कुकार्यको बारेमा आमकार्यकर्ता माझमा स्पष्ट पार्ने उद्धेश्य अनुसार सबै स्थानिय तहमा कार्यकर्ता भेला सम्पन्न गरिएको नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले जानकारी दिनुभयो ।
बन्गाडमा भेला सम्पन्न
सल्यानकाे पश्चिम क्षेत्रमा यतिखेर राजनीतिक कित्ताकाट सुरु हुन थालेको छ । आज मात्रै सल्लिवजारमा नेकपा प्रचण्ड-नेपाल समुहले नगर स्तरीयअगुवा प्रशिक्षण भेला सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष कीर्ति बहादुर राणाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा, हरि केसी, जिल्ला सचिव कर्ण बहादुर बुढाथोकी, प्रदेश परिषद सल्लाहकार समिति सदस्य गणेश विसी, जिल्ला कमिटी सदस्य दिपक यरी, धनवहादुर पुन, टाेपवहादुर विष्ट, दुर्गा वुढाथाेकी, कमल विक, जनप्रतिनिधि तथा वडा अध्यक्ष विरवहादुर वुढामगर, कुलवहादुर पुरी, माेमत राेका, शान्त कुमार यरी र पठवहादुर पुन लगाएतका नेताहरुले धारणा राख्नु भएको थियो ।