सल्यान १२, पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले जिल्लाको सदरमुकाम खलंगामा ¥याली निकालेको छ । राज संस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागी आज जिल्लाको सदरमुकाम खलंगामा ¥याली निकालेको हो । गणतन्त्र, धर्मनिरपेक्षता, संघियता सबै खारेज गर्दै हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै निकालिएको ¥यालीले वजार परिक्रमा गरिएको थियो । ¥यालि पछी आयोजित कोणसभालाई सम्बोधन गर्ने बक्ताहरुले हिन्दु राष्ट्र कायम गर्न जोडदारसँग माग गरेका छन् । उनीहरुले अहिले देशले गणतन्त्र, धर्मनिरपेक्षता केही पनि थेग्न नसकेको बताउदैँ यी सबै खारेज गरेर राजसस्था र हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पार्टीका पुर्व सहमहामन्त्री तथा केन्द्रिय कार्यसम्पदान समिती सदस्य राजेन्द्र बिर राय, केन्द्रिय कार्यसम्पदान समिती सदस्य अनुवम सिंह श्रेष्ठ, प्रदेश कार्यसमिती सदस्यहरु धन बहादुर वली, बालाराम शर्मा, तिला बुढाथोकी, जिल्ला उपाध्यक्ष प्रदिप थापा, जिल्ला कमिटी सदस्य नरेन्द्र महर्जन, जिल्ला सदस्य तथा सल्लाहकार समिती सदस्य बिरेद्र रावत, क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष श्यामकृष्ण बोहोरा, शारदा नगरपालिका वडा सदस्य तथा महिला केन्द्रिय सदस्य इन्द्रा भण्डारी, बागचौर नगरकमिटी अध्यक्ष प्रमोद कुमार डाँगी लगाएतकाले बोल्नुभएको थियो ।
जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव नारायण कुमार शर्माले गर्नुभएको थियो । यसैबिच
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सल्यानले सरकार असफल भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएको छ । राप्रपा सल्यानले बिभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो । मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटन पश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा समेत फसेको राप्रपाको निष्कर्ष रहेको छ ।