सिम्ता बहुमुखी क्याम्पसकाे अध्यक्षमा महतरा


दुर्गा विसी,
सल्लीबजार १२, पुस ।
सुर्खेतको सिम्ता वहुमुखि क्याम्पसले आठौं वार्षिकोत्सव तथा साधारणसभा गरेको छ । साे साधारणसभाले नेत्रलाल महतारालाइ क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा छनौट गरेको छ । मताराकाे अध्यक्षतामा ११ सदस्य सञ्चालक समिति गठन भएको जनाएको छ।साधारणसभामा आर्थिक प्रतिवेदन पेश गर्नुका साथै सामाजिक प्रगति,समाजकाे सहयोगका लागि क्याम्पसकाे सहभागीता अभिवृद्धिका लागि याेजना,मुद्दा र चुनौतीका विषयमा प्रतिवेदनमा उल्लेख गरेकाे निवर्तमान अध्यक्ष कविन्द्र कुमार केसिले प्रष्ट पार्नु भएको थियोे ।विद्यार्थी नियमित नहुनु,भौतिक साधन अभाव,विद्यार्थी स्वत्: अध्यायनका लागि वानि नहुनु,न्यून विद्यार्थी,छात्राहरु विवाहित हुन,उक्त क्षेत्रमा परिक्षा नहुदा विद्यार्थीले भाेग्नु परेको कठिनाइ,वैदेशिक वेराेजगारिले कक्षा छाड्नु जस्ता अल्पकालीन समस्या रहेको साधारण सभामा औल्याएको छ र उक्त कुरा प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।मुद्दा तथा चुनौतीहरु सामाना गर्न र न्युनिकरण गर्ने प्रयासका वारेमा कठाेर मेहनत गरेको अध्यक्ष केसिकाे भनाइ रहेको थियोे ।क्याम्पस स्थापनाका लागि के. सिले बैंकमा घर धितो राखेर क्याम्पस स्थापना गर्न सफल भएको जनाउनु भएको थियोे ।क्याम्पस स्थापनाका लागि नि. वर्तमान अध्यक्ष केसिकाे भुमिका अग्रेनि रहेको क्याम्पस सञ्चालन समितिले जनाएको छ ।कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समिति उप सभापति टेकबहादुर सिंहले भने सबैकाे सहयोग जरुर रहेको जनाएको छ ।अझै धेरै कुरा पूरा गर्न बाँकी रहेकोले एकाकार भए सिम्ता पार्टी कमेटिले समेत सिम्ताकाे शिक्षाको धराेहरलाइ काँधमा काँध थप्न सिंहको विशेष अनुराेध छ ।उक्त कार्यक्रम नेकपा गाउँ कमेटि सचिव झुव वहादुर वुढा,नेकपाका गणेश विक,शिक्षक महासंघ सिम्ताका अध्यक्ष टाेपवहादुर खत्री,गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहि,गुर्भाको वहुमुखि क्याम्पस साहारेका अध्यक्ष देवेन्द्र शाह र सञ्चालन समिति सदस्य नेत्र महताराले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।साधारणसभामा चन्दादाता तथा भुमिदाता गणेश रेग्मीको प्रमुख अातिथ्यता र सञ्चालन क्याम्पस प्रमुख वकिल वस्नेतले गर्नु भएको थियोे ।क्याम्पसकाे शैक्षिक भौतिक र आर्थिक अवस्थाको वारेमा समेत अवगत गराएको छ ।क्याम्पसले अागमि दिनमा वालविवाहा,वहुविवाहा जस्ता सामाजिक कुरतिलाइ विशेष गरि उठान गर्ने जनाएको छ ।साधारणसभाले नयाँ क्याम्पस सञ्चालन समिति पनि छनौट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित