जिल्ला प्रशासन कार्यालय सल्यानमा शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना

सल्यान १३, पुस ।
जिल्ला प्रशासन कार्यालय सल्यानमा शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीको सुविधाका लागि शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा विभिन्न काममा आउने महिला सेवाग्राहीलाई सजिलो होस् भनेर शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राही हरूले स्तनपान कक्ष नहुँदा समस्या भोग्दै आइरहेकाले कक्षको स्थापना गरिएको उहाँको भनाई छ । ‘महिला सेवाग्राहीको सुविधा लाई ध्यानमा राखेर प्रशासन कार्यालयको पुरानो भवनको एउटा कोठामा शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना गरेको छौँ, यसले महिला सेवाग्राही लाई सहज हुने छ’ उहाँले भन्नुभयो ।

सार्वजनिक ठाउँमा महिलाले बच्चालाई स्तनपान गराउन नसक्ने तथा बच्चा आमाको दूध खानबाट बञ्चित हुने अवस्थाको अन्त्यका लागि स्तनपान तथा शिशु स्याहार कक्षको स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो । साथै स्तनपान, शिशु स्याहार लगाएतका सचेतना मुलक पोष्टर हरुका साथै सहजताको लागी एउटा बेड राख्ने तयारी भैरहेको उहाँको भनाई छ ।

यस अघि जिल्ला हुलाक कार्यालय सल्यानले पनि कार्यालय परिसरमा शिशु स्याहार तथा स्तनपान कक्ष स्थापना गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस