नेकपा ओली पक्ष सल्यानको भेला खलंगामा सम्पन्न

सल्यान १३, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको भेला सल्यानको खलंगामा सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि अनौपचारिक रुपमा बिभाजन भएको अवस्थामा ओली र प्रचण्ड नेपाल समुहले अहिले जिल्लास्तर सम्ममा समुहगत रुपमा भेलाको आयोजना गर्दै आएका छन् । यसैक्रममा सल्यानमा पनि ओली पक्षले आज खलंगामा भेला गरेको हो ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य गुलाबजंग शाहले मध्याबधिक निर्वाचन जसरी पनि सम्पन्न हुने दाबि गर्नुभएको छ । ताजा जनादेशका लागि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउदै अब जसरी पनि मध्याबधिक निर्वाचन हुने र अत्याधिक बहुमतका साथ केपि ओली फेरि प्रधानमन्त्री हुने उहाँले दाबि गर्नुभयो ।

कार्यक्रममा ओलीले हालै मनोनीत गरेका केन्द्रिय सदस्य लोक बहादुर डाँगी, कुल बहादुर गिरी, प्रदेश कमिटी सदस्य भिम बहादुर सेन लगाएकाले बोल्नुभएको थियो । जिल्ला कमिटी अध्यक्ष गोबिन्द पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य महेश देबकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन दान बहादुर केसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस