सल्यान १३, पुस ।
प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा नेपाली काँग्रेस सल्यानले आज खलंगामा प्रदर्शन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै पार्टीको केन्द्रिय निर्देशन अनुसार आज सल्यानमा पनि प्रदर्शन गरिएको नेपाली काँग्रेस सल्यानले जनाएको छ ।
जसअनुसार खलंगा टुडिखेलबाट शुरु भएको ¥याली पुरानो बसपार्क, बैंक हुदै खलंगा बजार परिक्रमा गरेर पुनः पुरानो बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो । ¥याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले जनताले दिएको जनादेशको ओली नेतृत्वको सरकारले अपमान गरेको बताएका छन् । ओलीले गरेको संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कार्य भएकोले यो निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा पार्टीका पुर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पुर्व जिबिस सभापति धुर्बराज पुरी, महासमिति सदस्य एकराज डिसी लगाएतकाले बोल्नुभएको थियो । पार्टीका सभापति गणेश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा सहसचीव सन्तोष सेनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन पार्टी सचीव प्रकाश भण्डारीले गर्नुभएको थियो ।