नेपाल बैंक लिमिटेड सल्यान शाखा एक सातालाई सिल

सल्यान १३, पुस ।
नेपाल बैंक लिमिटेड सल्यान शाखा एक सातालाई सिल गरिएको छ । शाखामा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतवार देखी यही पुस २० गते सम्मलाई सिल गरिएको हो । गत शुक्रवार बैँकमा कार्यरत १२ जना कर्मचारीको स्वाव संलकन गरेर पिसिआर परिक्षण गर्दा केही कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।
जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वय तथा निर्देशनमा शाखा कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगन गरी शाखा कार्यालय पुर्ण रुपमा सिल गरिएको बैँकका शाखा प्रवन्धक हरिकृष्ण उपाध्ययले जानकारी दिनुभयो । साथै यस अवधिमा बैंकको डिजिटल बैँकिङ्ग सेवाहरु मोवाइल बैंकिङ्ग, एटिएम लगाएतका माध्यमबाट बैकिङ्ग सेवा लिन सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस