प्रधानमन्त्री ओलीको असंवैधानिक कदम बिरुद्ध नेकपा सल्यानले विरोध प्रर्दशन गर्ने

 

सल्यान १४, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले आज सल्यानमा प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमका विरुद्ध आज बिहान ११ वजे जिल्लाको सदरमुकाम खलंगामा प्रदर्शन गर्न लागेको हो । संसद विघटन गरेर प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक र असंवैधानिक कार्य गरेकाले त्यसको बिरोधमा प्रदर्शन गर्न लागेको नेकपा सल्यानले जनाएको छ ।

विरोध प्रदर्शनलाई नेकपाका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वाला, केन्द्रिय कमिटी सदस्य सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, लगाएत प्रदेश कमिटी सदस्य र जिल्ला तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । विरोध प्रदर्शन कार्यक्रममा जिल्लाका दश वटै स्थानिय तहबाट नेता तथा कार्यकर्ताहरुको उल्लेख्यमात्रामा सहभागिता रहने नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कार्यको विरोध प्रदर्शन कार्यक्रममा सहभागि हुने सबैमा नेकपा सल्यानले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस