प्रधानमन्त्री ओलीको कदम बिरुद्ध नेकपा सल्यानद्धारा बृहत प्रदर्शन (फोटो फिचर)

सल्यान १४, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानले प्रधानमन्त्री ओलीले चालेको कदमको विरोद्धमा सल्यानमा बृहत प्रर्दशन गरेको छ । जिल्लाका दश वटै स्थानिय तहका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा खलंगामा प्रर्दशन गरेको हो । शान्ति स्मारकबाट शुरु भएको र्याली पुरानो वसपार्क, ठण्डीसडक, नेपाल बैँक, नयाँवस पार्क, जिप्रका हुदैँ परानो वस पार्कमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वाला, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, उमाकान्त शर्मा, धिरेन्द्र श्रेष्ठ, उदय बोहोरा, कृतिबहादुर पुन, निम बहादुर केसी,  भद्रसिंह बुढा, टिका बुढाथोकी लगाएतकाले बोल्नुभएको थियो ।

पार्टीका जिल्ला कमिटी सचिव कर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज हरी केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य रमेश कु्मार गौतमले गर्नुभएको थियो ।

हेर्नुहोस १८ फोटोहरु :

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस