नेपाली काँग्रेस सल्यानले मनायो राष्ट्रिय मेलमिलाप तथा एकता दिवस

सल्यान १६, पुस ।

नेपाली कांग्रेस सल्यानले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाएको छ । ८ वर्षको निर्वासन पछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेस सल्यानले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
नेपाली काँग्रेस सल्यानका सभापती गणेश चन्दको अध्यक्षतामा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य डिल्ली राज रेग्मीले बिपि कोइराला नेपाली जनताको प्रेरणाको स्रोत भएको बताउनुभएको छ । राष्ट्र र राष्ट्रियताको लागी बिपिले धेरै संघर्ष गरेको स्मरण गर्दै उहाँले बिपीको उपदेश अनुसरण गर्न सबैमा आग्रह गर्नुभयो ।
यस्तै महासमिती सदस्य तथा पूर्व जिविस सभापती धुर्बराज पुरीले लामो संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षाको लागि सबै मिल्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियता देशको पहिलो प्राथमिकता भएकोले सोही अनुसार अगाडी बढ्नुपर्ने उहाँले बताउनुभएको हो । यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले नेपालको राजनीतिक ब्यवस्था परिवर्तनका लागि बिपीले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।
कार्यक्रममा महासमिति सदस्य तथा त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, महाधिवेशन प्रतिनिधि प्रेम बहादुर डाँगी लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण पार्टीका सहसचिव सन्तोष सेन वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस