तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान १८, पुस ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

तस्वीरमा बिक्री गर्न राखेका सल्यानका सुन्तला ।

तस्वीरमा सल्यानको शारदा नगरपालिका वडा.न १ मा पर्ने सुन्दर बस्ती शान्तिनगर ।

तस्वीरमा सल्यानको शारदा नदि नजिकैका सुन्दर फाँटहरु ।

तस्वीरमा शारदा नगरपालिका सल्यानको सुन्दर बस्ती रेशमज्युला ।

तस्बिरमा सल्यानको सिद्धकुमाख गाउँपालिका पटारे नजिकैको यो सुन्दर दृश्य ।

तस्वीरमा सुन्दर सल्लेरी पाखाको बिचमा रहेको लुहापिङ आसपासको यो मनोरम दृश्य ।

गाउँले परिवेश ।

 

 

 

प्रतिक्रिया दिनुहोस