नेकपा दार्मा गाँउपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम फारुलाचौरमा सम्पन्न


सल्यान १९, पुस ।
नेपाल कम्युस्टि पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्ष सल्यानको दार्मा गाउँ कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारिक रुपमा पार्टी विभाजन भएको अबस्थामा नेकपाको प्रचण्ड नेपाल पक्षले दार्मा गाउँपालिकाको फारुलामा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको हो ।
नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै ज्वालाले योजनाबद्ध र षडयन्त्रमुलक ढंगले प्रतिनिधि सभाको विघटन गरिएको बताउनुभएको छ । नेपालमा अस्थिरता कायम गर्ने, गणतन्त्र र संघीयतालाई असफल बनाउने प्रपञ्च रचिएको र सोही कारण संसद विघटन गरिएको तर उक्त प्रपञ्च असफल बनाउन आफूहरु आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो । उहाँले सल्यानमा दुई तिहाइ बढी नेता कार्यकर्ता आफ्नो साथमा रहेकाले विचलित नहुदाँ आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय परिषद सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, जिल्ला कमिटी सचिव कर्णवहादुर वुढाथोकी, क्षेत्र नं १ का इन्चार्ज कीर्तिवहादुर पुन, कर्णाली प्रदेश कमिटी सदस्य निम बहादुर केसी, भिम प्रकाश शर्मा, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, भिमला देवी चन्द लगाएतको सहभागिता रहेको छ । गाउँ कमिटी अध्यक्ष असविर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टी सचिव दल बहादुर केसीले गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस