सल्यान १९, पुस ।
नेपाल कम्युस्टि पार्टी (नेकपां) को सल्यान त्रिबेणी गाउँ कमिटी अध्यक्ष लोकेन्द्र सिंह खड्कालाई पदमुक्त गर्नको लागी सिफारिस गरेको छ । आज जिल्लाको त्रिबेणीमा नेपाल कम्युस्टि पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको बहुमत गाउँ कमिटी सदस्यहरुको बैठकले अध्यक्ष खड्काले पार्टीको निति, बिधि विपरित रहेर प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक र अलोकतान्त्रिक कार्यलाई सहयोग गरेकाले कारवाहीको लागी सिफारिस गरिएको जनाएको छ ।
७१ सदस्यीय त्रिबेणी गाउँ कमिटी सदस्य मध्ये ५६ जना सदस्यको उपस्थितीमा अध्यक्ष खड्कालाई पदमुक्तका लागी जिल्ला कमिटीमा सिफारिस गरिएको त्रिबेणी गाउँ कमिटीले जनाएको छ । यस्तै बैठकले प्रधानमन्त्रीले गरेको असंबैधानिक कार्यको बिरोध गर्दै गाउँ कमिटी इन्चार्ज टिका बुढाथोकीको संयोजकत्वमा १ सय ५२ सदस्यीय संघर्ष समिती गठन गरिएको छ ।
गाउँ कमिटीको बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, क्षेत्र नम्बर २ का इन्चार्ज तथा प्रदेश कमिटी सदस्य उदय बोहोरा, गाउँ कमिटी इन्चार्ज टिका बुढाथोकी लगाएतको सहभागिता रहेको थियो । गाउँ कमिटीका सचिव अजय रोकाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यालय सचिव कुल बहादुर भण्डारीले गर्नुभएको थियो ।