नेकपा प्रचण्ड-नेपाल पक्षको भेला तथा प्रशिक्षण कार्यक्रम वागचौर र कपुरकोटमा सम्पन्न

जीत प्रसाद आचार्य,
सल्यान २०, पुस ।
नेपाल कम्युस्टि पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले सल्यानको बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकामा पार्टी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारिक रुपमा पार्टी विभाजन भएको अबस्थामा नेकपाको प्रचण्ड नेपाल पक्षले आज बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकामा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेको हो ।

पार्टी भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको थियो । कपुरकोटमा भएको कार्यक्रममा नेकपा क्षेत्र नम्बर २ का इन्चार्ज उदय बोहोरा, कपुरकोट गाउँ कमिटी इन्चार्ज भद्रसिंह बुढा, नेताहरु रमेश मल्ल, रमेश कुमार गौतम, मधुसुधन गिरी लगाएतकाले बोल्नुभएको थियो । कपुरकोटका पार्टी सचिव तिर्थराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चाल टोपेन्द्र केसीले गर्नुभएको थियो ।

यस्तै बागचौरमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, केन्द्रीय परिषद सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, जिल्ला कमिटी सचिव कर्णवहादुर वुढाथोकी, क्षेत्र नं १ का इन्चार्ज कीर्तिवहादुर पुन, कर्णाली प्रदेश कमिटी सदस्य निम बहादुर केसी, भिम प्रकाश शर्मा, टिकाराम वली, सुम्निमा डिसी, तिलक मल्ल, टिका बुढाथोकी लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका नगर सचिव लोकमान बुढाथोकीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस